कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १३२ जनाको मृत्यु

काठमाडौं । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको बिबीसीले जनाएको छ ।

भूकम्पका कारण थुप्रै भवनहरु ध्वस्त भएका छन् । भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १८ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले उल्लेख गरेको छ ।

अमेरिकी भूगर्भशास्त्रीहरूले भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रहेको रेकर्ड भएको जनाएका छन् । उद्धार टोलीहरू पीडितहरूलाई सहयोग गर्न र भग्नावशेषमा फसेकाहरूको उद्धारकार्यमा जुटेका छन् ।

बिहानको यो भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु चोकोमा रहेको भए पनि तत्काल त्यहाँको मृत्यु सङ्ख्या थाहा भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर