राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएपछि बुधबारका लागि सारिएको हो ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रियसभाका अध्यक्षले बैठकको मिति र समय परिवर्तन गर्नुभएको हो । अब राष्ट्रियसभाको बैठक आगामी साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामार्फत बैठकको नयाँ मिति र समयबारे सांसदहरूलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया
