आज साउन २० गते बुधबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा नयाँ आशा पलाउनेछ। प्रिय व्यक्तिको साथले दिन अझ सुन्दर बन्नेछ। आफ्नो रुचिको काममा समय बिताउँदा छुट्टै आनन्द मिल्नेछ। मन शान्त र प्रफुल्ल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारमा खुसी र आत्मीयता बढ्नेछ। पुरानो चिनजान भएको मानिससँगको कुराकानीले कार्यदिशा स्पष्ट गर्नेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ सावधानी अपनाउनुहोला। सानो सफलताले नयाँ हौसला थप्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सोचले कार्यशैलीमा परिवर्तन ल्याउनेछ। मीठो बोलीले सम्बन्ध अझ बलियो बन्नेछ। फुर्सदका केही क्षण मनपर्ने काममा बित्नेछन्। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तसँगको भेटले मन उज्यालो बनाउनेछ। साहित्य र कलाको क्षेत्रमा सानो प्रयासले पनि राम्रो परिणाम देखिनेछ। घरमा शान्त र सुखद वातावरण रहनेछ। आजको शुभ रंग फिका निलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो कामले अरूको ध्यान तान्न सक्नुहुनेछ। धेरै दिनदेखि रोकिएको कार्यसिद्धिको राम्रो संकेत देखिन सक्छ। सामाजिक कार्यमा मन लाग्नेछ। विद्यार्थीलाई पठनपाठनमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक काम सजिलै मिल्दै जानेछन्। कसैको सुझावले नयाँ उपाय भेटिने सम्भावना छ। मन शान्त रहनेछ। आत्मविश्वास बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मीय व्यक्तिको साथले मनमा खुसी थपिनेछ। लामो समयदेखि सोचिरहेको योजना सुरु गर्ने उत्साह जाग्नेछ। आफ्ना शब्दले अरूको मन जित्न सक्नुहुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै पनि कार्य गर्दा हतार नगर्नुहोस्। काम गर्ने जाँगर बढ्नेछ। परिवारसँग बिताएको समयले मनलाई हलुका बनाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) फरक अनुभवले जीवनलाई नयाँ दृष्टिले हेर्ने अवसर दिनेछ। मनमा उमंग र उत्साह बढ्नेछ। आफूले थालेको काममा रमाउन सक्नुहुनेछ। सानो खुसीले पनि दिनभरि मुस्कान कायम राख्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनतले बिस्तारै राम्रो प्रतिफल दिन थाल्नेछ। घरका सदस्यसँग मिलेर गरेको काम सहज रूपमा पूरा हुनेछ। आफ्ना योजना मिलाएर अघि बढ्दा मन ढुक्क रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ सोचले पुरानो समस्या समाधान गर्ने बाटो देखाउन सक्छ। सिर्जनात्मक काममा मन रमाउनेछ। आत्मीय कुराकानीले सम्बन्धमा अझ न्यानोपन थप्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा नयाँ आशा पलाउनेछ। प्रिय व्यक्तिको साथले दिन अझ सुन्दर बन्नेछ। आफ्नो रुचिको काममा समय बिताउँदा छुट्टै आनन्द मिल्नेछ। मन शान्त र प्रफुल्ल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर