देवानगञ्ज घटनामा घाइते भएका थप एक जनाको निधन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ । घटनामा गोली लागेपछि घाइते मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो।

थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएका मेहताको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो।

यसैबीच स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । देवानगञ्ज घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर