रोल्पाको इरीवाङमा भूकम्प
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का रोल्पा तथा त्यस आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिबारे भने कुनै विवरण प्राप्त भएको छैन।
प्रतिक्रिया
