स्थानीयद्वारा बिहानैदेखि वीपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  बर्दीबास ३ स्थित कालापानी वन प्रकरण विवाद चर्किँदा बर्दीबासको चुरे क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयले शनिबार बिहानैदेखि वीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीसमेत स्थानीय गाउँले, निर्वाचित जनप्रनिधि, राजनीतिक दलका जनप्रनिधिले कालापानी खण्डको वीपी राजमार्गमा धर्ना दिइरहेकोले सयौँ सवारी बिहानैदेखि राजमार्गमा अलपत्र छन् ।

घटनास्थलका व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने आन्दोनकारी आफ्नै अडानमा छन् । आन्दोलनरत गाँउलेका अनुसार गत जेठ १२ गते डिभिजन वन कार्यालय र स्थानीयबिच भएको सम्झौता विपरित वडाध्यक्ष विराट विष्ट, समाजसेवीहरु गणेश बस्नेत (टिका वहादुर), रोशन कार्की र सञ्जिव भण्डारी विरुद्ध आपराधिक उपद्रव शीर्षकमा दुराशयपूर्वक झुट्टा मुद्दा दर्ता गरेको विरोधमा वीपी राजमार्ग अवरुद्ध पारिएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुद्दा फिर्ताको माग पूरा हुन नसकने बताउनुभएको छ । प्रजिअ यादवले भन्नुभयो, ‘दर्ता भएको मुद्दा दवावमा रोकिँदैन । कारबाही कानून अनुसार अघि बढ्छ । यसबाट उत्पन्न हुने परिस्थिति अनुसार प्रशासन अघि बढछ ।’

घटनाक्रम अनुसार गते जेठ ११ गते अपराह्नतिर गाँउ वस्तिमा पुगका केही वनकर्मी रगाउँलेवीच अतिक्रमित जग्गा खाली गर्ने विषयमा विवाद बढेपछि स्थानीयले झण्डै २४ घण्टा वीपी राजमार्ग अवरोध गरेका थिए । त्यो राति करिब २ बजेतिर प्रहरीले बल प्रयोग गरी वन कर्मचारीलाई मुक्त गराएपछि अवस्था थप उग्र वनेको थियो ।

इलाका प्रहरी कार्यालय बर्दीबासका अनुसार सो क्रममा दुई सेल अश्रुग्यास प्रहार गरिएको थियो । कर्मचारी मुक्त गराइएपछि आक्रोशित भीडले वन कार्यालयको गाडीमा आगजनी गर्दा गाडी पूर्णरूपमा जलेको थियो । झडपमा परी ६ जना स्थानीय र दुई जना प्रहरी घाइते भएका थिए ।

घटना थप चर्कँदै गएपछि भोलीपल्ट जेठ १२ गते अपराह्न कालापानीमा बसेको वार्तामा डिभिजन वन कार्यालयका प्रमुख अजयकुमार मिश्रले माफी माग्दै आगामी दिनमा अतिक्रमण हटाउने नाममा स्थानीयलाई आतंकित नपारिने लिखित प्रतिबद्धता जनाएपछि सहमतिको बाटो खुलेको थियो । सहमतिविपरीत निर्दोष गाउँलेमाथि मुद्दा दर्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको गाउँलेको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर