कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु

काठमाडौं ।  कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार मृत्यु भएको हो ।

दूतावासले उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाउँदै तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल फिर्ता पठाउनेलगायत आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी पूरा गर्ने जनाएको छ ।

यसैबीच, दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षासम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्न तथा सुरक्षित स्थानमा रहन आग्रह पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर