हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

काठमाडौं ।  हिजो बिहीबार साँझ आएको बाढीले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ स्थित तिल गाउँमा  वितण्डा मचाएकाे छ। तिलजुङ खाेलामा बाढी आएपछि स्थानीयबासी विस्थापित भएका भएका छन ।

यसअघि २०८२ साल जेठ  १ गते हिमताल भासिएर लेदाे सहितकाे बाढीले क्षतबिक्षत गरेकाे स्थानमा अहिले फेरि बाढीले क्षति पुर्‍याएको हो । तिलजुङ खाेला लेदाे बाढी पहिराे गएपछि यहाँका स्थानीयबासी कुनजुम गुम्बा पुगेकाे स्थानीय दाेर्जी लामाले,जानकारी दिए।

गाउँमा रहेका वृद्धवृद्वा र बालबालिकाहरूलाई गुम्बामा सारिएको छ। ३ जना बालबालिका र १९ जना महिलासहित २९ जना स्थानीय बसोबास गर्दै आएको सो गाउँमा अब उनीहरुको बसोबासको व्यवस्था कहाँ मिलाउने भन्ने समस्या परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर