मधेसको अवस्थाबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बिहीबार साँझ प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

बिहीबार दिउसो पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक गरेका प्रधानमन्त्री शाहले साँझ राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
त्यस लगत्तै राष्ट्रपति पौडेललाई भेट्न उनी शीतल निवास पुगे। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए। राष्ट्रपति सेनाको परमाधिपति समेत हुन्।

यसैबीच  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानमन्त्री वालेन्द्र शाहले  टेलिफोन संवाद गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्री शाहले उपराष्ट्रपति  यादवसँग आज टेलिफोन मार्फत संवाद गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचारविमर्श भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर