पूर्वराजा ज्ञानेन्द्रद्वारा संयम र सद्‌भाव कायम राख्न आग्रह

काठमाडौं । मधेश प्रदेश क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्‌भाव कायम राख्न आग्रह गरेका छन् ।

निर्मल निवासस्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्‌भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा उनले जोड दिएका छन् ।

नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्‌भावमा बस्दै आएको उल्लेख गर्दै, देशको मौलिक मान्यताविपरीत यस्ता अवाच्छित घटनाहरू हुनु चिन्ताको विषय भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर