एक अर्ब ८९ करोडको हुण्डी कारोबारी पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्राप्त गरेको गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा हुण्डी कारोबारमा संलग्न रहेको देखिएपछि धादिङका राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता अनुपम शमशेर ज.ब.रा.का अनुसार रिजालले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको छ ।

हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई रिजाललाई २०८३ साल साउन १२ गते काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहनुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर