मोरङमा डिजेको प्रयोगमा रोक

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजेको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्ला भित्र हुने कुनै पनि मेला, महोत्सव, विवाह तथा विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा पूर्वस्वीकृति वा छुट्टै सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ।

प्रशासनले सूचना विपरीत डिजेको प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लावासी सबैलाई सूचनाको पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर