देवानगञ्जमा कर्फ्यु तोडेपछि सेना परिचालन

काठमाडौं ।  सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ । परिस्थिति नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो । बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना परिचालन गरेपछि स्थिति नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।

बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएपछि स्थितिमा नियन्त्रणमा लिन सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनु भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको हो ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरुलाइ सेनाले तितरवितर गराएको छ । प्रदर्शनकारीहरुले सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले केही पसलमा तोडफोड र सामानमा आगजनी गरिसकेका थिए । सुनसरीको देवानगञ्जमा गएराति प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए । दुई पक्षवीच भएको झडपपछि सिर्जना भएको समस्याको समाधान खोज्न प्रमुख जिल्ला अधिकारीको सक्रियतामा सर्वपक्षीय छलफल जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर