अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।  अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार महतोले अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) मा रहेको ट्राभलर सेन्ट्रलाइजेसन सुविधाको दुरुपयोग गरी लक्जेम्बर्गको नागरिकको नाममा जारी भएको आवासीय भिसालाई किर्ते गरी आवश्यक प्रक्रिया नपुगेको र आवासीय भिसा प्राप्त गर्न अयोग्य अमेरिकी नागरिकको नाममा एकीकृत भिसा प्रिन्ट गरेको लगायतका आरोप लागेको छ ।

मिलेमतोमा कानुन बमोजिमको प्रक्रिया पुरा नगरी अधिकार प्राप्त अधिकारीबाट निर्णय समेत नभएको तथा आवासीय भिसा जारी गर्दा तोकिएको राजस्व दाखिला नगरी मिति २०८० फागुन ९ मा ट्राभलर सेन्ट्रलाइजेसन सुविधाको दुरुपयोग गरेको पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार सो भिसा निज अमेरिकी नागरिकको राहदानीमा टाँस भएको देखिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ तथा प्रतिवादी डिन जे रोबिन्सको उक्त कार्य सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर