देवानगञ्ज घटना : सद्‌भाव कायम राख्ने निर्णय

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय इनरुवाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले घटनापछि उत्पन्न अवस्थालाई थप जटिल बन्न नदिन सबै पक्ष जिम्मेवार ढंगले प्रस्तुत हुने सहमति भएको हो ।

त्यस्तै, बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ । घटनाको वास्तविकता बाहिर ल्याउन छानबिन प्रक्रियामा सबै पक्षले सहयोग गर्ने र स्थानीय स्तरमा शान्ति तथा सामाजिक सद्भाव कायम राख्न साझा प्रयास गरिनेछ । बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर