म्याग्दीमा पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु

काठमाडौं ।  म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ। आइतबार रातिको वर्षापछि आएको पहिरोले बेनी नगरपालिका–३, भकिम्लीस्थित एक घर पुरिँदा ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो।

उहाँका अनुसार घर पुरिएपछि रातिदेखि बेपत्ता भएका छन्त्यालको शव सोमबार बिहान फेला परेको हो। घटनामा अन्य क्षति भएको हुन सक्ने भए पनि त्यसको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, धवलागिरि गाउँपालिका–७, धारापानीमा पनि पहिरोले एक घर पुरिँदा क्षति भएको छ। घरभित्र रहेका सबै सदस्यलाई स्थानीयवासीले सकुशल उद्धार गरेका प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो। यसैबिच, लगातारको वर्षापछि खसेको पहिरोका कारण बेनी–जोमसोम तथा बेनी–दरवाङ सडक पनि अवरुद्ध भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर