आइतबारको बिदा जारी रहने

काठमाडौं । सरकारले आइतबारको बिदा लामो समयसम्म जाने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् ।

‘दुई दिन बिदा कायम हुन्छ । सरकारले तत्काल बिदा हटाउने सोचेको छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ’, शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने ।

सरकारले गत चैत २२ गते सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको थियो । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर