आज शुक्रबार र भोलि शनिबारसम्म मुसलधारे पानी पर्ने सम्भावना

काठमाडौं ।  अबका दुई दिन देशको पहाडी तथा तराई भेगका कतिपय स्थानमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमसम्बन्धी पछिल्लो जानकारीअनुसार आज शुक्रबार र भोलि शनिबारसम्म देशका विभिन्न स्थान विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा ठूलो पानी पर्ने सम्भावना छ । कतिपय स्थानमा भीषण पानी पर्ने सम्भावना रहेकोले नदी किनार वरपर र पहिरोको जोखिम रहेको स्थानमा बसोवास गर्नेहरुले आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोक जिल्लामा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ ।महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भएको पनि महाशाखाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर