भारतमा शिक्षामन्त्रीविरुद्ध आन्दोलन

काठमाडौं । भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी)को आन्दोलन जारी छ । नयाँदिल्लीमा हिजो सोमबार भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७८ जना घाइते भएका थिए, जसमा ११८ जना प्रहरी र करिब ६० जना प्रदर्शनकारी छन् ।

आन्दोलनका संयोजक आशुतोष रङ्काले सरकार माग पूरा नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । प्रदर्शनकारीले शिक्षामन्त्रीको राजीनामासँगै सार्वजनिक परीक्षा प्रणालीमा व्यापक सुधारको माग गरेका छन् । भारतमा हालै सार्वजनिक भएका परीक्षा अनियमितता र प्रश्नपत्र विवादका कारण विद्यार्थी असन्तुष्टि बढ्दै गएको छ । विश्लेषकहरूले यस आन्दोलनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालयताको सबैभन्दा ठूलो विद्यार्थी आन्दोलनमध्ये एकका रूपमा हेरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर