पर्यटक बोकेको स्कर्पियो जिप पहिरोले पुरियो
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ।
सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्तिबाङ–ढोरपाटन खण्डको सुकुरदुङमा सोमबार राति अचानक सडक माथिबाट खसेको पहिरोले ग १ य ९८२ नम्बरको स्कर्पियो पुरिएको हो।
स्कर्पियो पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गर्दा पहिरोमा परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। अहिले मेसिन प्रयोग गरी पुरिएको गाडी निकाल्ने र सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। (तस्बिरःसांकेतिक)
प्रतिक्रिया
