पहिरोले पोखराको सेती नदी थुनियो
काठमाडौं । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ को सिमानामा पर्ने रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
पहिरोका कारण नदी थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन । पहिरोले थुनिएको स्थानभन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर माथिसम्म बढेको छ ।
प्रतिक्रिया
