सवारीसाधन ठोक्किँदा मुग्लिन सडक अवरुद्ध

काठमाडौं । जलविरेमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरले आज बिहान तस्बिरसहित जारी गरेको सूचनाअनुसार भारी वर्षा हुने सम्भावनाका कारण शनिबार राति १० बजेदेखि जिल्ला प्रशासन कार्यालयले मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाए पनि आज बिहान खुलाइएको थियो।

तर जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा अहिले उक्त सडकखण्ड अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर