सञ्चारगृहका गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले छाड्यो
काठमाडौं । विभिन्न सञ्चार माध्यमका कार्यालयको गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइदिएको छ।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर अगाडि र भाटभटेनी अगाडि यसरी शंकास्पद रुपमा पार्किङ गरेको फेला परेको थियो।
यी स्थानबाट क्रेनको सहयोगमा उठाएर ट्राफिक प्रहरी कार्यालय लगिएका गाडीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर प्रहरीले सम्बन्धित व्यक्तिको जिम्मा लगाएको ट्राफिक प्रहरीका एक अधिकारीले बताए।
उनीहरुलाई जथाभावी पार्किङ गरेको आरोपमा प्रहरीले सामान्य जरिवाना तिराएर गाडी फिर्ता दिएको हो। कसैका चालकले र कसैको गाडी धनी नै साँझ गाडी बुझ्न ट्राफिक प्रहरी कार्यालयमा पुगेका थिए।
प्रतिक्रिया
