कास्कीको घान्द्रुक जाने सडक अवरुद्ध

काठमाडौं ।  मोदी खोलामा आज आएको बाढीले पक्की सडक बगाउँदा कास्की जिल्लाको पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुलविरेठाँटीघान्द्रुक सडकमा यातायात बन्द भएको छ ।

अन्नपूर्ण गाउँपालिका११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो । सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन् ।

घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो । मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरुलाई घान्द्रुकबाटखुलिबाङमोहरियातमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट यात्रा गराउनका लागि अहिले बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक घुम्न गएका र एबिसी पदयात्रामा गएका पर्यटक समस्या परेपछि अहिले सडक खुलाउन स्थानीय प्रशासन, प्राविधिक टोली स्याउलीबजार पुगेको बताउनुभयो । अन्नपूर्ण गाउँपालिका११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानीपुनहिल पदयात्राको प्रवेशद्वार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर