अमेरिका र इरानलाई संयमता अपनाउन पाकिस्तानको आग्रह

काठमाडौं ।  पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गर्नुभएको छ । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, उक्त आग्रह जुन २०२६ मा भएको ‘इस्लामाबाद समझदारीपत्र’ (एमओयू) मा गरिएको सहमतिअनुरूप रहेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, दारले आइतबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गर्नुभएको थियो । वार्ताका क्रममा दारले विवाद समाधानका लागि संवाद र कूटनीति नै सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले क्षेत्रीय शान्ति प्रवर्धन र स्थायित्व कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पाकिस्तान प्रतिबद्ध रहेको दोहोर्‍याउनुभएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर