आज काठमाडौं उपत्यका बाढीको अरेन्ज जोनमा

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशका २३ जिल्ला र त्यसआसपासका खाेला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले काठमाडौं , भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई सुन्तला रङ (अरेन्ज जोन) दिँदै आज यी जिल्ला र आसपास बाढीको उच्च जोखिम रहेको जनाएको छ।

यस्तै आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ।

बाढी महाशाखाले सचेत गराउँदै भनेको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’ हरियो रङ जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत हो भने पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको संकेत गर्छ। अनि सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। रातो रङले चाहिँ नदीको जलसतहले खतरा तह पार गर्ने र बाढीको उच्च जोखिम हुने संकेत गर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर