आफ्नै शरीरमा आगो लगाएका गणेश नेपाली रहेनन्

काठमाडौं ।  त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार हिजो पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ । उपचारको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको हो । उनको उनको शरीरको करिब ६५–७० प्रतिशत भाग जलेको थियो ।

मुगुको सोरु गाउँपालिका–१ घर भएका नेपालीले सरकारको कठोर नीतिका कारण आफ्नै शरीरमा आगो झोस्न बाध्य भएका थिए । गणेशले विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले ‘व्हील लक’ लगाइदिएको थियो र चर्को जरिवाना तिराउन खोजेको थियो ।

राइड सेयरिङ एपमार्फत राइडरको काम गरेर परिवार पाल्दै आएका गणेशलाई सरकारले नियम पालनाका नाममा दुःख दिएपछि उनले यस्तो कठोर निर्णय लिन बाध्य भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर