बालमन्दिर जग्गा हिनामिना : तीन जना पक्राउ

काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा राजेन्द्रकुमार श्रेष्ठ, ओमकृष्ण श्रेष्ठ र आशा श्रेष्ठ रहेका छन्। उनीहरूलाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।

प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गर्न आज अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। बालमन्दिरको स्वामित्वमा रहेको जग्गा पूर्वपदाधिकारीहरूले लामो समयका लागि सस्तो भाडामा दिएर संस्थालाई आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर