देउवा पुत्र जयवीरको नाममा पक्राउ पुर्जी जारी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरले देउवापुत्र जयवीरको नाममा सात दिने सूचना जारी गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई विभागमा उपस्थित हुन सूचना जारी गरिएको हो ।

विभागका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही सोध्नुपर्ने भएकाले सूचना प्रकाशित गरिएको उल्लेख छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालय रहेको भवनमा रहेको विभागको कार्यालयमा उपस्थित हुन विभागले आग्रह गरेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ५७ बमोजिम सूचना जारी गरिएको विभागले जनाएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि विभागले दिएको छ । कानुन बमोजिम भनेको यदि उपस्थित नभए उनलाई प्रहरीले पक्राउ गर्ने भनिएको हो ।

May be an image of text


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर