डोल्पामा बाढीबाट एकजनाको मृत्यु

काठमाडौं ।  डोल्पाको जगदुल्लामा बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु भएको छ। गएराति जगदुल्ला गाउँपालिका- ५ गैरीगाउँमा आएको बाढीले बगाउँदा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो।

बाढीमा परी घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकीमा लैजाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले नेपालखबरलाई जानकारी दिए। उक्त बाढीमा परि अन्य छ जना घाइतेसमेत भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर