विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार उक्त आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा गत ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो । उता, पौडेलकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हाल विचाराधीन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर