कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ
काठमाडौं । गाली बेइज्जती मुद्दामा अदालतबाट दोषी ठहर भएका कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि नेपाल प्रहरीले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीलाई बिहान करिब ७ बजे पक्राउ गरिएको हो। उनलाई अदालतको फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
प्रतिक्रिया
