मनसुनी प्रभाव : चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं ।  हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। मधेश प्रदेशमा आंशिक बादल लागेको छ । मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज असार १८ गते बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ।‌

बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।  विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर