विष्णु पौडेल आज पनि थुनामुक्त भएनन्
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त भएनन् । सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गरेसँगै उनलाई थुनामुक्त हुन समस्या पैदा भएको हो ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो ।
प्रतिक्रिया
