नागढुङ्गा–मुग्लिङ सडक बन्द भएमा तत्काल खोल्ने योजना

काठमाडौं ।  मनसुन सक्रिय भएसँगै सडक विभागले नागढुङ्गा–मुग्लिङ सडकखण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै ‘मनसुन पूर्वतयारी कार्ययोजना, २०८३’ (एक्सन प्लान) लागु गरेको छ । यस कार्ययोजना अन्तर्गत सडक ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ ।

सङ्घीय राजधानीको जीवनरेखा (लाइफलाइन) मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्वतयारी कार्ययोजना लागु गरेको हो । नागढुङ्गा–मुग्लिङ सडकखण्ड अहिले विस्तारक्रममा रहेका कारण पनि मनसुन सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढी देखिएको छ । सडक बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्गसमेत तोकिएको कार्ययोजनामा उल्लेख छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता ई. श्यामबहादुर खड्काले वर्षायाम सुरु भएसँगै पहिरो र बाढीका कारण मुलुकभरका सडक तथा राजमार्ग अवरुद्ध हुने जोखिम बढेको बताउँदै सङ्घीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडकखण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै ‘मनसुन पूर्वतयारी कार्ययोजना’ (एक्सन प्लान) लागु गरिएको जानकारी दिनुभयो । विभागले विगतका विपत्का घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजनामा राजमार्गका उच्च जोखिमयुक्त स्थान (रेड जोन) पहिचान गरिएको छ । अवरुद्ध सडक तत्काल सुचारु गर्न प्राविधिक, उपकरण र वैकल्पिक मार्ग व्यवस्थापनसमेत गरिने उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर