प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक आज दिनको १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरेका हुन् ।

असार ७ गतेबाट चितवनको भरतपुरमा सुरु भएको रास्वपा महाधिवेशन अझै सकिएको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर