विष्णु पौडेल थुनामै रहने सर्वोच्चको आदेश
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै श्रीमतीद्धारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विहीबार सुनुवाइ गर्दै पौडेललाई पक्राउ गर्नुको कानुनी आधार र कारणबारे स्पष्ट विवरण पेश गर्न सम्बन्धित निकायलाई आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले असार ८ गते सुर्खेतबाट पौडेललाई पक्राउ गरी काठमाडौं ल्याएको थियो। उनीमाथि व्यवसायी दीपक भट्टसँग सम्बन्धित सेयर कारोबारमा सहजीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ। विभागले श्रीराम टोबाको प्रालिको सेयर खरिद–बिक्री प्रक्रियासँग सम्बन्धित विषयमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ।
प्रतिक्रिया
