सुर्खेतबाटै पक्राउ परे एमाले नेता विष्णु पौडेल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री बिष्णु पौडेल सम्पत्ति शुद्धीकरणको कसूरमा पक्राउ परेका छन् । पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको जनाइएको छ ।
पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ । पक्राउपछि पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।
यसअघि विभागले भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेको थियो । विवादित व्यवसायी दिपक भट्टसँग पौडेलको सम्वन्ध रहेको आशंका विभागले गरेको स्रोतले बतायो । विभागको टोली दिउँसो एक बजे पौडेलको निवासमा पुगेको थियो । भैसेपाटीस्थित पौडेलको घर जेनजी आन्दोलनमा जलाइएपछि उनी अहिले सोही क्षेत्रमा भाडाको घरमा बसिरहेका छन् ।
