काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।
आयोगले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारबाट अर्याललाई नियन्त्रणमा लिएको हो।
पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित प्रकरणको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। उक्त प्रकरणमा सार्वजनिक खरिद प्रक्रिया तथा अन्य विषयमा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाइरहेको छ।
अर्याललाई नियन्त्रणमा लिएपछि अख्तियारले थप अनुसन्धान जारी राखेको जनाएको छ। पक्राउसँगै राहदानी खरिद प्रकरण पुनः चर्चामा आएको छ।