मन्त्री लम्सालको अभिव्यक्तिमा शान्ता चौधरीको व्यंग्य

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको “काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनु” भन्ने अभिव्यक्तिलाई लिएर बहस चलिरहेका बेला नेकपा एमालेकी नेतृ तथा पूर्वसांसद शान्ता चौधरी ले व्यंग्यात्मक टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले “धुवाँ र खरानीको सफलतापछि खुट्टा भाँच्ने अभियान सुरु हुन थालेछ” भन्दै छोटो प्रतिक्रिया सार्वजनिक गरेकी हुन्। उनको उक्त स्टाटसलाई मन्त्रीको विवादास्पद अभिव्यक्तिप्रतिको कटाक्षका रूपमा हेरिएको छ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल ले नागढुङ्गा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारप्रति असन्तुष्टि जनाउँदै “काम नगरे खुट्टा भाँचिदिनु” भन्ने अभिव्यक्ति दिएका थिए।
मन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म पक्ष–विपक्षमा बहस सुरु भएको छ। केहीले यसलाई काममा ढिलासुस्ती गर्ने ठेकेदारप्रतिको आक्रोशको अभिव्यक्ति भनेका छन् भने आलोचकहरूले सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो भाषा प्रयोग हुनु अनुपयुक्त भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर