द्विविधाग्रस्त ट्रम्प : इरानमाथि भीषण आक्रमण स्थगन

काठमाडौं । बिहीबार राति इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प केही घण्टामै ‘ब्याक’ भएका छन्। इरानसँगको वार्ता उच्चतम स्तरमा पुगेको भन्दै उनले हमला स्थगन गरिएको दाबी गरेका हुन्।

ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम स्तरमा पुगेको र अनुमोदन प्राप्त भएको कुरालाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मैले बिहीबार साँझ इरानविरुद्ध गर्ने भनिएको योजनाबद्ध आक्रमण र बम विस्फोट रद्द गरेको छु। वार्ता र अन्तिम बुँदा सम्बन्धित सबै पक्षले अनुमोदन गरेका छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर