संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर