प्रतिनिधिसभामा अवरोध हट्यो, मन्त्री खनालले दिए प्रधानमन्त्रीको भनाइको स्पष्टीकरण
काठमाडौं । विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ।
आज अपराह्न २ बजेका लागि निर्धारण गरिएको बैठक ३ः१५ बजे सुरु भएको हो। प्रधानमन्त्री वालेन्द्र शाहले यही १७ जेठको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले यसबीचका बैठकहरू अवरुद्ध गर्दै आएकामा सरकारका तर्फबाट त्यस विषयमा आजको बैठकमा प्रष्ट पारिने समझदारीपश्चात् बैठक सुरु भएको हो।
यहीक्रममा पराष्ट्रमन्त्री शिशिर खनालले वैशाख १७ गते प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेसन र नेपाल भारत सीमा क्षेत्र दशगजामा स्थानीय जनताले भूमि अतिक्रमण भइरहेको विषयमा केन्द्रित थियो भन्ने कुरा स्पष्ट पारे । मन्त्री खनालले नेपाल भारत सीमा विवादमा ब्रिटेनको प्रसंग रेफरेन्स मात्र उद्धृत गरिएको र सीमा विवादको अन्त्यका लागि तेस्रो पक्षको आवश्यकता खोजिएको होइन भन्ने स्पष्ट पारे ।
तर बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाए । अन्य प्रतिपक्षी दलहरु भने परराष्ट्रमन्त्रीको सम्बोधन सुनेर बसे । यही क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले रोष्ट्रमबाट विविध समसामयिक विषयमा आफ्नो असहमति प्रकट गरे ।
