रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित
काठमाडौं । रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो उद्घाटन गरिएको अधिवेशन आज नयाँ नेतृत्वचयनबिनै स्थगन भएको हो ।
मतदानका लागि छापिएको मतपत्रमा सदस्यका एक प्रत्याशीको नाम छुटेको पाइएपछि विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा अधिवेशनस्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । आज पनि मतदानमा ढिलाइ भएपछि प्रतिनिधि लाखापाखा लागेका थिए । अन्तमा निर्वाचन आयाेगले अधिवेशन स्थगनकाे घाेषणा गरेकाे छ ।
अधिवेशनमा प्रदेशकाे नेतृत्वको लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्यले उम्मेदवारी दिएका थिए । अर्का आकांक्षी वदन भण्डारीले भने उम्मेदवारी फिर्ता लिए । निर्वाचन आयोगले मतपत्रमा त्रुटि देखिएको भन्दै निर्वाचन प्रक्रिया रोकेको हाे ।
प्रतिक्रिया
