सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । मंगलबार प्रधानमन्त्री शाहले दुई जना मन्त्री थप्दै मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त दुवै मन्त्रीले मंगलबार  पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाए । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैंसँग राखेका छन् । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भइ म्याग्दीबाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर