विपी राजमार्गमा राति गाडी चलाउन थप प्रतिबन्ध

काठमाडौं ।  पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि रातको समयमा बन्द गरिएको प्रतिबन्ध पुनः लम्ब्याइएको छ ।

जिल्ला सुरक्षा समितिको आजको बैठकले वर्षालगायत जोखिमका कारण बिपी राजमार्गमा विगत एक महिनादेखि साँझ ५ :०० बजेदेखि बिहान ५:०० सम्मको बन्दलाई दुई घण्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा आवागमन बन्द गराइएको हो ।

समितिले उक्त राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडाबाट सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा रातको समयमा आवागमन बन्द गराएको जनाएको छ । अर्को सूचना जारी नभएसम्म रातको समयमा गराइएको बन्दलाई दुई घण्टा घटाएर साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म गराइएको समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर