भारतको केरलामा मनसुन प्रवेश : नेपालमा कहिले आउला ?

काठमाडौं । भारतको केरला राज्यमा आज अर्थात् जुन ४ तारिखका दिन यसवर्षको मनसुन प्रवेश गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय मौसम विभाग (आईएमडी) ले यसपटक मनसुन सामान्य समयभन्दा तीन दिन ढिला केरलामा आइपुगेको जनाएको हो। भारतमा मनसुन भित्रिने औसत मिति जुन १ तारिख थियो।

भारतमा आज मनसुन प्रवेश गरेसँगै नेपालमा अब कुन दिन र समयमा भित्रिएला भनेर यहाँका मौसमविज्ञहरू गृहकार्य गर्न थालेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो।

मनसुन अवधिभर सरदरभन्दा कम पानी पर्ने सम्भावना

यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको जलवायु विज्ञान महाशाखाले वैशाख २५ गते नै जारी गरेको प्रक्षेपणअनुसार यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ।’ मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म ४ महिना मनसुन अर्थात् बर्खायामको अवधि हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर