रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजेतिर माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोलामा जिप दुर्घटनामा परेको हो।

जिप सडकबाट करिब ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए। मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला छन्। उनीहरूको सनाखत हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर