भक्तपुरमा घरायसी विवादमा श्रीमतीको हत्या

काठमाडौं ।  भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन् । उक्त घटना गएरातिको हो । हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर