मोदीसँगको भेटवार्ता फलदायी र सार्थक : रवि

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई फलदायी र सार्थक भएको बताउनु भएको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो भेटवार्ता गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावनाबारे छलफल भएको संकेत गर्नुभएको छ।

“आज माननीय प्रधानमन्त्री  नरेन्द्र मोदीसँग करिब एक घण्टासम्म अत्यन्त फलदायी र सार्थक वार्ता गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ,” लामिछानेले लेख्नुभएको छ। उहाँले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ।

“नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगतर्फ अघि बढ्ने तपाईंको दृष्टिकोणप्रति म पूर्ण रूपमा सहमत छु,” उहाँले भन्नुभएको छ। साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा सहज सम्पर्क विस्तारमा केन्द्रित भएर दुवै देशले प्रगति र पारस्परिक विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्ने लामिछानेको भनाइ छ।

 

 

“साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा निर्बाध सम्पर्क विस्तारमा केन्द्रित भएर हामी प्रगति र पारस्परिक विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौं,” उहाँले उल्लेख गर्नुभएको छ।

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल र भारतका जनताको हितका लागि यस्ता सम्भावनाहरूलाई व्यवहारमा उतार्न प्रतिबद्ध रहेको समेत बताउनुभएको छ।

“राष्ट्रिय स्वतन्त्र पार्टी  नेपाल र भारतका जनताको हितका लागि यी सम्भावनाहरूलाई व्यवहारमा उतार्न प्रतिबद्ध छ। साझा समृद्धिको लक्ष्य हासिल गर्न हामी सहकार्यलाई अझ सुदृढ बनाउनेछौं,” उहाँले लेख्नुभएको छ।

भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका लामिछानेको प्रधानमन्त्री मोदीसँगको भेटलाई नेपाल–भारत सम्बन्ध र क्षेत्रीय सहकार्यको सन्दर्भमा चासोका साथ हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर